कुटपिटबाट दाजुभाइ घाइते


सुनसरी, २० फागुन ।
सुनसरीको इटहरी – २ दंगाल टोलमा दाजु भाई माथी कुटपिट भएको छ ।
स्थानिय २३ बर्षिय सन्तोष घिमिरे र उनका भाइ २१ बर्षिय सम्पुर्ण घिमिरे  कुटपिटबाट घाइते भएका छन्।

उनलाई सोही ठाउँका आकाश तामाङ र बिशाल मगरले शनिबार  बेलुका १० बजेतिर सामान्य विवाद हुँदा कुटपिट गरेको बताइएको छ।

कुटपिटबाट घाइते दुवैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ,भने कुटपिट गर्ने दुवै फरार रहेरकाले खोजी भइरहेको प्रहरी चौकी तरहराले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार