भोजपुरमा खुकुरी प्रहारबाट एक घाइते


भोजपुर, १३ फागुन ।
भोजपुरको उत्तरी षडानन्द नगरपालिका–९ किमालुङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्।

 

 

स्थानिय १९ बर्षिय दिनेश बस्नेतलाई सोही ठाउँका अन्दाजी ३० बर्षिय मिलन राईले शनिबार बेलुका १० बजेतिर पुरानो रिसईवीको कारण खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

 

 

खुकुरी प्रहारबाट घाइते बस्नेतको स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि संखुवासभाको खाँदवारी पठाएको इलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ । खुकुरी प्रहार गर्ने राईलाई खुकुरी सहित  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार