भोजपुर, ८ फागुन ।
भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले सोमवार प्रजातन्त्र दिवसको दिन आयोजित कार्यक्रमको विषयलाई लिएर आएका समाचार प्रति आफनो गम्भिर ध्यानकर्षण भएको वताएका छन् । मेयर आलेले एक प्रेश विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् । विभिन्न सञ्चार माध्यममा आएका समाचार निराधार विज्ञप्तीमा उल्लेख छ ।
मेयर आलेले सार्वजनिक कार्यक्रममा वोल्ने क्रममा व्यवहारिक कुरा गर्ने भन्दै सञ्चारकर्मी को उपकरण वन्द गर्न लगाएका थिए । मेयर आलेले सञ्चारकर्मी विच गरेको व्यवहार प्रति नेपाल पत्रकार महासंघ भोजपुरले पनि विज्ञीप्ती जारी गर्दै घटनाको निन्दा गरेको छ ।