भोजपुर, ३ फागुन । जिल्ला प्रहरी कार्यालय भोजपुरले ज्यानमार्ने धम्की सहित घर घेरा हालेको आरोपमा ५ जनाको समुह मध्ये एक जना नियन्त्रणमा लिएको छ ।
वुधवार साँझ भोजपुर नगरपालिका–९ पानीट्याङ्कीमा रहेको पदम तामाङ्गको घरमा मादक पर्दाथ सेवन गरि घर घेराउसंगै होहल्ला गर्ने समुहका एक जनालाई नियन्त्रणमा लिएको हो भने ४ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
तामाङ्गले ज्यान मार्ने धम्की सहित आफ्नो घर घेराउ गरेको भनेर दिएको उजुरीको आधार प्रहरी सो स्थलमा पुग्दा उनिहरुलाई होहल्ला गरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
५ जना मध्ये १८ वर्षिय सोनाम शेर्पालाई नियन्त्रणमा लिई सार्वजनिक मुद्धामा म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । फरार रहेका अन्य चार जनाको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।