पञ्चवर्षीय रनिङ शिल्ड ‘कुदाकाउलेलाई’


भोजपुर, २ फागुन ।
योगमाया स्मृती पञ्चवर्षीय रनिङशिल्ड् पुरुष भलीवल प्रतियोगीताको उपाधी षडानन्द नगरपालिका –२ कुदाकाउलेले हात पारेको छ । शिवरात्रीको अवसर पारेर भोजपुरको उत्तरी षडानन्द नगरपालिका– १ नेपाले डाँडाको मझुवा वेशीको योगमायाको समादी स्थलमा आयोजना गरिएको भलिवल प्रतियोगिताको उपाधी कुदाकाउलले हात पारेको हो । कुदाकाउलेले एक सय ५ तोला चाँदीको शिल्डसंगै नगद ५१ हजार ट्रफि र प्रमाणपत्र हात पारेको छ ।

 

त्यस्तै पाँचखपन गाउँपालिका वडा नं –२ संखुवासभाले दोस्रो, आयोजक षडानन्द नगरपालिका – १  नेपालेडाँडाले तेस्रो, षडानन्द नगरपालिका – ११ देउराली सानत्वना हुदै क्रमश ३१ हजार, २१ हजार र ११ हजार ट्रफि प्रमाणपत्र पाएका छन् । त्यस्तै खेलको म्यान अफद सीरीज पाँचखपन गाउँपालिकाका सन्तोष राई भएका छन् । वेष्ट स्पाइकर षडानन्द नगरपालिका– २ कुदाकाउलेका एलीन घले र वेष्ट लिफ्टर षडानन्द नपरपालिका– ११ का दमन उदास भएका छन्।

माघ २८ गतेबाट शुरु भइको प्रतियोगितामा भोजपुर संखुवासभाका गरि १४ टिमको सहभागीता रहेको थियो ।यसै विच विहीवारबाट भक्त्तपुरमा हुने प्रथम नगर स्तरीय राष्ट्रिय पुरुष भलीबल प्रतियोगीताको लागि भोजपुर नगरपालिकाबाट एक टिम खेलाडी त्यस तर्फ गएका भोजपुर जिल्लाका भलीबल प्रशिक्षक तथा राष्ट्रिय रेफ्रि विज्ञान अधीकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार