भोजपुरको सिक्तेल खोलामा एक शिक्षक मृत फेला


भोजपुर, २४ माघ ।
भोजपुरमा एक शिक्षक मृत अवस्थामा फेला परेका छन् । चार दिन देखि वेपता भएका शिक्षक रामप्रसाद राई गाउँपालिका – १ सिक्तेल खोलामा बुधवार दिनको ११ बजेतिर मृत अवस्थमा भेटिएको जिल्ला प्रहरीकार्यालय भोजपुरले जनाएको छ ।

 

भोजपुरको रामप्रसाद राई गाउँपालिका– एक खेनामा रहेको जुनेली आधारभुत विद्यालयका शिक्षक वोधराज खनाल मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

 

३४ वर्षिय शिक्षक शनिवार दिउँसो डेराबाट वेपत्ता भएको उनका काका कुमार खनालले जानकारी दिए । इटहरी उप(महानगरपालिका –५ स्थायी ठेगाना भएका शिक्षक विगत ६ वर्ष देखि खेनामा वस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार