भोजपुर, १२ माघ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जिल्लाको विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । आयुर्वेद स्वास्थ्य केन्दबाट प्रवाह हुने सेवाको जानकारी तथा विभिन्न रोगहरुको उपचार गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको हो ।
शिविरमा वाथरोग, दम, पाएल्स, ग्यास्ट्रिक, ल्यूकोरिया तथा महिनावरीमा हुने गढवढी लगाएत रोगको निशुल्क उपचार गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्दका प्रमुख दिलिप कुमार झाले वताउनु वताए । यसै अनुसार माघ २० गते प्याउलीमा हुने शिविरमा ४ जना डाक्टरले निशुल्क उपचारसंगै औषधी पनि निशुल्क रुपमा दिईने झाको भनाई छ ।
त्यस्तै जिल्लाका अन्य विभिन्न ठाउमा पनि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यालयले जनाएको छ । शिविरको अवसरमा विभिन्न रोगको विषयमा परामर्श समेत दिइने जनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार भोजपुरमा पाएल्स र नशाका रोगी वढी रहेको छ । शिविरबाट उपचार हुन नसकेका रोगको लागि जिल्लासंगै अन्य सुविधा युक्त अस्पतालमा निशुल्क रुपमा उपचारको लागि सिफारिस गरिने कार्यालयले जनाएको छ ।