ग्लोसका नानीहरु नाच्छन्


खेवाहाङ राई माघ १०, खाँदबारी   संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको एक बालबालिकाको आफ्नै विद्यालय होः ग्लोस अङ्ग्रेजी स्कुल, जहाँका नानीहरु नृत्यमा खप्पीस् छन् । स्कुलमा कक्षा ५ सम्म पढाई हुन्छ । विद्यालयमा ग्लोस चाइल्ड क्लब पनि छ । क्लबमा बालबालिकाहरु रमाएर भेला गर्छन् । शिक्षकहरुसंग सल्लाह माग्छन् ।

गत मंगलबार विद्यालय नृत्यमय भएको थियो । बाल क्लबले आयोजना गरे– ग्लोस डान्सीङ स्टार । बालबालिका शिक्षकहरुलाई निर्णयक बसीदिन अनुरोध गरे र उनीहरु प्रतियोगीतामा उभिए । बाल क्लका अध्यक्ष कक्षा ५ का विद्यार्थी प्रशिद्ध थापा माइक लिएर कार्यक्रम सञ्चालन गर्न थाले । अरु विद्यार्थीहरु रंगीचंगी चोलो, फरिया, ढाकाटोपी र दौरा, सुरुवालमा सजिएर नाच्न तयार भए ।
कक्षा ४ की सुस्मिता राईले नृत्य गरेर नै सबैलाई छक्क बनाए । उनको नृत्य ठूलो मान्छेको भन्दा कम थिएन । उनी मात्र हैन विद्यालयमा ५ कक्षाका सन्देश रेग्मी, चार कक्षाका सकिल ढकाल र कक्षा पाँचकी सुभद्र बाह्रकोटीको नृत्य पनि उत्तिकै थिए । बाल क्लबले निरन्तर यस्ता कार्यक्रमहरु गर्छन् । सडक नाटक, गायन तथा कुनै बेला हाजिरी जवाफ प्रतियोगीताहरु आफै सञ्चालन गर्ने गर्छन् । जसमा विद्यालयबाट उनीहरुलाई निरन्तर उत्प्रेरण दिईन्छ ।

विद्यार्थीहरुको प्रतिभा देखिेर शिक्षक तथा अभिभावकहरु दंग पर्ने गर्छन् । प्रतिभा प्रस्फुटनको वातावरण मिलाई दिएर दैनिक विद्यार्थीहरुमा पढाई र सिक्ने क्षमतामा समेत वृद्धि भएको विद्यालयका प्रधानाध्यपक राजेन्द्र सर्वाहाराले बताए । उनले भने यहाँ रहेका धेरैजसो बालबालिकामा आ–आफ्नै प्रतिभा छ, कोही मजाले गाउन सक्छन्, कोही राम्रो नाच्न सक्छन्, कोही राम्रो चित्र बनाउँछन् ।

विद्यार्थी शिक्षकहरुले बाल क्लबलाई दिएको फिल्टर हस्तान्तरण गदै

अभ्यास शिक्षणमा आएका विद्यार्थी शिक्षकहरु साना साना नानीहरुको प्रतिभा देखेर दंग परे । उनीहरुले ग्लोस चाइल्ड क्लबलाई पानी छान्ने फिल्टर उपलब्ध गराएका छन् । नानीहरुले शुद्ध पानी छानेर खानुपर्छ भन्ने ज्ञान दिन सहयोग गर्ने भएकोले हौसला स्वरुप फिल्टर उपलब्ध गएको विद्यार्थी शिक्षक सुशिल थापाले बताए । उनले भने यहाँका विद्यार्थी नानीहरु व्यवहारिक रुपमा चाँडो सिक्ने क्षमताका छन् । बालबालिकामा एक न एक प्रतिभा लुकेर रहेको हुनछ । जसलाई प्रस्फुटन गर्ने वातावरण मिलाईदिनु अभिभावकको जिम्मेवारी हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार