भोजपुर आउदै राष्ट्रिपति विद्यादेवि भण्डारी


भोजपुर ६ माघ।
राष्ट्रिपति विद्यादेवि भण्डारी भोजपुर आउने भएकी छिन । योगमाया न्यौपाने सत्तवार्षिकी कार्यक्रमको उद्घाटन तथा अनुगमन गर्न भण्डारी भोजपुर आउने भएकी हुन ।

 जसको लागि योगमाया सामाजीक आन्दोलन सत्तवार्षिकी समारोह समिति गठन गरिएको छ ।

 

योगमाया न्यौपाने सत्तवार्षिकी भव्य रुपमा मनाउने तयारी गरिएको छ । समितिको संयोजकमा जिल्ला समन्वय समितिका सभापति लक्ष्मण खड्का, उपसंयोजक षडानन्द नगरपालिकाका मेयर विरवल राई र नौ ओटै स्थानियका तहका प्रमुख उपप्रमुख सदस्य रहने गरि संयोजन समिति गठन गरिएको हो ।

 

यहि फागुन २४ गते मनाइने सतवार्षिकीको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी दिंला आउने षडान्द नगरपालिकाका मेयर विरवल राई जानकारी दिए । राष्ट्रिपतिले प्रतिष्ठान स्थलको अनुगमन गर्ने लगाएत अन्य कार्यक्रम रहेको मेयर राईको भनाई छ । नेपालको सामाजिक आन्दोलनकी अगुवाको रुपमा लिइन्छ । योगमायाको जन्म वि।सं। १९३४ मा भोजपुर जिल्लाको नेपालेडाँडाको सिम्ले भन्ने ठाउँमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार