धनकुटा ४ माघ ।
प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ । झडपमा ६ जना घाइते भएका छन् ।
यसअघि आन्दोलनकारीले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ ।
आन्दोलनकारीले जिल्ला डिभिजन कार्यालय, वारूण यन्त्र लगायतमा समेत तोडफोड गरेको जनाइएको छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले आन्दोलनकारीले सरकारी कार्यालय तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको वताए ।