हजुरबुबा र हजुरआमाको हत्यारा , ७ वर्षपछि पक्राउ


काठमाडौं १ माघ, । सात वर्षअघि दाङमा आफ्नै हजुरबुबा र हजुरआमाको हत्या गर्ने व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको कोहलपुरका नरेशकुमार कुमाल चौधरी छन् ।

चौधरीले २३ जेठ ०६७ मा दाङको साबिक परस्पुर गाविस–५ बस्ने हजुरबुबा ५५ वर्षीय मणिराम कुमाल चौधरी र ५० वर्षीय हजुरआमा आशुकुमाल चौधरीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार उनलाई सीआइबीको टोलीले उनलाई सोमबार बाँकेको कोहलपुर–११, न्यूरोडबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीले घटना लगत्तै भागेर भारततिर बसेको बयान दिएको छन् । उनी माघे सङ्क्रान्तिको वेला घर आएको वेला सीआईबीले पक्राउ गरेको हो । पक्राउ परेका चौधरीमाथि थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय, गढवा बुझाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार