भोजपुर, २४ पौष ।
कर्मचारी मिलन केन्द्र भोजपुरले सोमवार जिल्लाका दुई कर्मचारीलाई स्वागत गरेको छ । केन्द्रले कामको शिलशिलामा भर्खरै मात्र भोजपुर आएका भोजपुर नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत राजेश गिरी र सिंचाई सव डिभिजनका कार्यालय भोजपुरका प्रमुख मोहनवाबु यादवलाई एक कार्यक्रमका विच स्वागत गरेको हो ।
कर्मचारी मिलन केन्द्र अध्यक्ष इश्वरी देवकोटा अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी रहनु भएको केन्द्रका सचिव सञ्जय मिश्रले जानकारी दिए । दुवै जनालाई केन्द्रका संरक्षक प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले स्वागत गरेका हुन् ।