भोजपुर २० पौष ।
स्थानिय उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ पौष १५ गतेबाट शुरु गरिएको ‘भोजपुर रमाइलो नगर मेला २०७४’ विहिवार छैटौ दिन सम्म पनि भव्य रुपमा सञ्चालन भईरहेको मेला आयोजकले जनाएको छ ।
स्थानिय उत्पादनको प्रर्दशनीसंगै, उठेको रकमबाट असक्त असहायहरुको सहयोगमा खर्च गर्ने लक्ष्यका साथ मेलाको आयोजना गरिएको आयोजकको भनाई छ । मेला ल्याइएको रोटेपिङ्गमा प्राविधिक समस्या देखिए पछि अर्को नयाँ पिङ्ग लगाउन शुरु गरिएको आयोजक सामाजिक विकास सस्थाका अध्यक्ष मनोज खनालले जानकारी दिए ।
मेलामा स्थानिय उत्पादनका सामग्री, हस्तकलाको सामग्री, कृषि प्रदर्शनी, विभिन्न खेलहरु, रोटेपिङ्ग, स्वास्थ्य शिविर, लगाएत कृयाकलाप भइरहेका छन् । मेला माघ ६ गते सम्म सञ्चालन हुनेछ । मेलामा स्थानियसंगै धराष्ट्रिय स्तर कलाकारहरुको प्रस्तुती जनाइएको छ ।