भोजपुर, १८ पौष ।
भुकम्प पिडितहरुको घरको नक्सा बनाए वापत कन्सलटेन्सीले लिएको रकम विप्लप कार्यकर्ताहरुको दवावका कारण फीर्ता गरीएको छ । भोजपुरको उत्तरी षडानन्दा नगरपालिका २ कुदाककाउलेमा भुकम्प पिडितहरुको घरको नक्सा पास गर्ने भन्दै पुनरनिर्माण प्राधिकरणका कर्मचारीले नियम विपरित रकम अशुली गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले फिर्ता गर्न दवाव दिएका हुन् ।
दवाव पछि स्थानिय कन्सलटेन्सिले पिडितसंग लिएको एक लाख ९४ हजार रकम मध्ये ३४ हजार पिडितलाई नै फिर्ता गरीएको वडा अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताए । वडा अध्यक्ष घिमिरेका अनुसार विपलवका कार्यकर्ताहरुले मनोमानि ढंगले प्राधिकरणका कर्मचारीहरुले रकम अशुली गरेको आरोप लगाए पछि कन्सलटेन्सिले लिएको रकम मध्ये केही रकम फिर्ता भएको बताए ।
यता विपलप नेतृत्वको कम्युनिष्ट पार्टीले भने मनोमानि ढंगले पुनरनिर्माण प्राधिकरणका कर्मचारीले पिडितसंग रकम लिएको आरोप लगाएका छन । कम्युनिष्ट पार्टीका जिल्ला सचिवलय सदस्य तिलक राईका अनुसार पिडितहरुसंग नियम विपरित प्राधिकरणका कर्मचारीले लिएको सवै रकम पिडितलाई फिर्ता गराइने बताए ।
नगरपालिकाका उप मेयर मेरीका राईका अनुसार प्राधिकरणका कर्मचारीले नभएर स्थानिय कन्सलटेन्सिले नक्सा पास बापतको रकम लिएको बताइन । रार्ईका अनुसार वि.एन.एम इन्जीनेरिङ कन्सल्टेन्सि प्रा.ली ले नक्सा पास बापतको रकम लिएको बताइन । प्रमुख जिल्ला अधिकारी फनिन्द्र दहालले यसविषयमा जानकारीमा नआएको यदी प्राधिकरणका कर्मचारीले रकम अशुली गरेको भएमा कारवही गर्ने बताए ।
जिल्ला समन्वय समिति भोजपुरका सूचना अधिकारी एवं फोकल पर्सन धनकुमार राईले पुननिर्माण प्राधिकरणको कार्यविधि अनुसार भुकम्पपिडितको नक्सा नगरापालिकामा गर्दा राजस्व लिन नपाइने बताए । नगरपालिकामा सुचिकृत संस्थाद्धारा नक्सा बनाउनु पर्ने उक्त रकम उक्त संस्थाले लिन पाउने बताए ।