
भोजपुर, १७ पौष ।
भोजपुर – धरान ट्याक्सी सञ्चालनमा आएसंगै जिल्ला अस्पतालबाट रिफर भएका विरामीलाई राहत मिलेको छ । धरान सम्म उपचारका लागि २५ देखि ३० हजार रुपैया सम्म तिरेर ट्याक्सी रिजर्भ गर्नु पर्ने अवस्था रहेकोमा सर्व साधरणहरु अहिले एक हजार ५० रुपैयामा नै धरान उपचारका लागि पुग्ने गरेको वताउने गरेका छन् ।
सो रुटमा नियमित रुपमा ट्याक्सी सञ्चालनमा नआउदाको समयमा विरामीले महङ्गो शुल्क तिरेर ट्याक्सी रिजर्भ गर्दै आएका थिए । धरान र भोजपुरका ट्याक्सी व्यावसायी विच भएको सम्झौता अनुसार पौष १२ गतेबाट भोजपुर –धरान सिधा ट्याक्सी सेवा सञ्चालनमा आएसंगै विरामी तथा असक्तहरुलाई राहत मिलेको हो ।
यसरी रिफर गरिएका विरामीलाई जिल्ला अस्पतालमै ट्याक्सी पु¥याएर सेवा दिने गरेको सगरथामा ट्याक्सी व्यावसायी संघका अध्यक्ष राजन राईले वताए । पौष १२ गतेबाट हाल सम्म ३ जना विरामीलाई अस्पतालबाट नै धरान सम्म पु¥याएको अध्यक्ष राईले जानकारी दिए । उनले भने ‘हामीले यहाँका सर्व साधरणसंगै जिल्ला अस्पतालबाट रिफर गरिएका विरामीलाई पनि सेवा दिँदै आएका छौ ।
यदि अस्पतालबाट रिफर भएका विरामीले जान चाहेमा अस्पतालमा नै ट्याक्सी लगेर सेवा दिदै आएका छौ। यसबाट सेवासंगै गरिव तथा विपन्नहरुको ट्याक्सी रिजर्भ गर्दाको खर्च जोगिएको छ ।
रिजर्भ गर्नु पर्ने खर्चले उनिहरु उपचार गराएर फर्किने गरेका छन् ।’ उनले विरामीहरुलाई दिइने सेवालाई अझ थप प्रभावकारी वनाउने समेत वताएका छन् । दिउँसोको समयमा कुनै विरामी आपतकालिन रुपमा धरान जानु परेमा एम्वुलेन्सको दरमा धरान लैजाने उनको भनाई छ । भोजपुर– धरान दैनिक विहान, ६ वजे, ८ वजे र १० वजे ट्याक्सी सेवा सञ्चालनमा आईरहेको छ ।