मिर्गौला फेल र क्यान्सर रोगीहरुलाई मन्त्रिपरिषदको यस्तो निर्णय


काठमाडौं , १५ पौष । सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक पाँच हजार रूपैयाँ जीविकोपार्जन भत्ता उपलब्ध गराउन भएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुवै मिर्गौलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको लागि विश्व बैंकले दिने ६० मिलियन डलर अर्थात करिव ६ अर्ब २१ करोड ऋण सहायता लिने स्विकृति गरेको छ ।
यस्तै कोरिया सरकारको काठमाडौं विश्व विद्यालयको अनुसन्धान तथा तालिम विकास केन्द्र स्थापनाका लागि उपलब्ध गराउने करिव १ अरव ४ करोड अनुदान सहायता पनि स्विकृत गरेको छ । बैठकले डा पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै रानीपोखरी पुनःनिर्माणमा देखिएको विवाद समाधानका लागि पुरातत्व विभागले स्वीकृत गरेको मापदण्ड बमोजिम नै निर्माण गर्न निर्देशन दिने निर्णय गरेको मन्त्री कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार