विराटनगरबाट अश्लिल कृयाकलापमा संलग्न ४ जना पक्राउ


विराटनगर, ११ पौष ।
मोरङको विराटनगर स्थित इलाका प्रहरी कार्यालय रानीले अश्लिल कृयाकलापमा संलग्न ४ जनालाई पक्राउ गरेको छ। विराटनगरवाट खटिएको प्रहरीको टोलीले सोमवार १० बजे राती इलाका प्रहरी कर्यालय रानी एरियामा संचालित होटल, लज तथा रेष्टुरेन्टका चेकजाच गर्ने क्रममा दुई महिला र दुई पुरुषलाई पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनालाई सार्वजनिक अपराधमा मुद्दा दर्ता गरी म्याद थप भई अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार