भोजपुर सहित चार जिल्लामा मोवाइल सेवा अवरुद्ध, यस्तो छ कारण !!!


भोजपुर,२८ मंसिर
अप्टिकल फाइवरमा समस्या हुँदा भोजपुर सहित चार ओटा जिल्लामा नेपाल टेलिकमको मोवाइल सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइवरमा आएको समस्याको कारण भोजपुर, धनकुटा, तेह्रथुम र संखुवासभामा मोवाइल सेवा अवरुद्ध भएको हो ।

धनकुटामा विछ्याएको अप्टीकल फाइवरमा समस्या हुँदा आज (विहीवार) दिउसो १२ वजेबाट मोवाइल सेवा अवरुद्ध भएको दुरसञ्चार कार्यालय भोजपुरका प्राविधिक रमेश सुवेदीले जानकारी दिए। समस्या भएको स्थानमा मर्मत कार्य भईरहेको सुवेदीको भनाई छ ।

तर पनि कतिवेला सम्म आउने त्यसको भने यकिन गर्न नसकिने टेलिकमले जनाएको छ । मोवाइल सेवामा समस्या भए पनि लेनलाइन र एडिएसल लगाएत अन्य सेवामा भने समस्या नरहेको कार्यालयको भनाई छ । अप्टिकल फाइवरमा समस्या भई ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति टेलिकमले दुख प्रकट गरेको छ । सेवा अवरुद्ध हुँदा लाखौ सेवाग्रही मारमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार