भोजपुरमा यसरी सम्पन्न भयो मनेरञ्जनका क्षेत्रमा कार्यरत बालिका तथा किशोरीहरुको संरक्षण समिक्षा कार्यक्रम



भोजपुर २६ कार्तिक ।
बालाबालिका माथी हुने हिंसा न्युनिकरणका लगाी समाजमा हुने विभिदलाई अन्त्य गर्नु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । आज पलान इटरनेनल नेपाल फिल्ड अफिस विराटनगरको सहयोगमा जिल्ला बाल कल्याण समिति भोजपुरले आयोजना गरेको मनोरञ्जनका क्षेत्रमा कार्यरत बालिका तथा किशोरीहरुको संरक्षण समिक्षा कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । पछिल्लो समय भोजपुरमा विभिन्न खालका बालबिलिका सम्बन्धि घटना बढदै गएकोले यसको न्युनिकरणमा लाग्नु पर्ने बताएका छन् । पछिल्लो अवश्थामा समाजमा सथानिय स्तरमा मदिरा उत्पादन र विक्रि बढदै गइरहेको त्यस्को प्रभाव विशषत बालबालिका र महिलामा पर्दै गएकोले यसको न्युनिकरण गर्नु पर्ने बताएका छन् । आमा बाबु नभएका बालिका हरु विषेश गरत करणीको शिकार बन्दै गएकोले त्यस्ता बालबालिकाको पहिचान गरी संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् । जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी चेतराज बरालको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख लक्षमण खड्काको प्रमुख आथित्यतामा भउको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार