खोटाङ, १७ कार्तिक ।
खोटाङमा वाम गठबन्धनले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्वन्धि गतिविधि तिब्र बनाएका छन् । बाम गठबन्धन अन्तरगत प्रतिनिधिसभा सदस्यका उम्मेद्वार एमालेका बिशाल भट्टराईको कार्तिक १२ गते बाहुनीडाँडाबाट सुरु भएको चुनावीसभा मात्तिममा पुगेको छ ।
मात्तिममा शुक्रबार प्रतिनिधिसभा सदस्यका उम्मेद्वार भट्टराई र वाम गठबन्धनका प्रदेशसभा (ख)बाट उम्मेद्वार बनेका माओबादीका रामकुमार राईको संयुक्त चुनावी कार्यक्रम सम्पन्न भएको एमाले खोटाङका उपसचिव कुमार आचार्यले बताए ।
कार्यक्रममा उम्मेद्वारद्धय बिशाल भट्टराई, रामकुमार राई, पुर्वसभाषद उषाकला राई, अस्मिता कार्की, एमाले अध्यक्ष बबी चामलीङ, उपाध्यक्ष राम दंगाल, सचिव देवबिक्रम राई, युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल लगायतले सम्बोधन गरेका छन् । प्रदेशसभा (ख)बाट उम्मेद्वार बनेका राईको चुनावी अभियान कार्तिक १३ गते बराहपोखरीबाट सुरु भएको थियो ।
यस्तै, प्रदेशसभा (क) बाट उम्मेद्वार बनेका एमालेका राजन राईको कार्तिक १३ गते हलेसी र कुभिन्डेबाट सुरु भएको अभियान शुक्रबार बाकाचोल र जलेश्वरी पुगेको छ । दुबै ठाउँमा भएको चुनावीसभालाई उम्मेद्वार राजन राई, पुर्वसभाषद दुर्गाजयन्ती राई, माओबादी नेता सुरेश राई, जीवन गिरी लगायतले सम्बोधन गरेको क्षेत्र नम्बर १ का निर्वाचन परिचालन कमिटिका उपसंयोजक सुरेन्द्रकुमार राईले बताए ।
एमालेले बाकाचोलमा लाखबहादुर राईको संयोजकत्वमा ५१ सदस्यीय र जलेश्वरीमा नैन राईको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।