इँटाले हानेर मामाले गरे भान्जाको हत्या


उदयपुर ।उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं। २ झोडापाटामा मामा भान्जाबीच विवाद हुँदा भान्जाको ज्यान गएको छ ।

मामा ४५ वर्षीय कैलास सदासँग आपसमा झगडा हुँदा ५५ वर्षीय महिनचन सदाको ज्यान गएको हो ।

मामा कैलास सदाको घरमा रक्सी पिएर विवाद हुँदा कैलास सदाले महिनचन सदालाई इँटाले हानेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते सदाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले बताउनुभयो । घटनामा संलग्न कैलास सदा फरार रहेको र सदाको खोजी कार्य भइरहेको भट्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार