भोजपुरको रानीवासमा वनमा लागेको आगो वस्तीमा पस्यो, तीन ओटा संरचना जलेर नश्ट..


भोजपुर,४ चैत्र । भोजपुरको हतुवागढी गाउँपालिका– १ रानीवासमा आगलागीबाट २५ लाख वरावरको क्षति भएको छ ।

स्थानिय गुँइचे सामुदायिक वनमा लागेको डढेलो वस्तीमा पस्दा झप्पड वहादुर खड्काको दुईतले घर, गोठघर तथा ग्वाली जल्दा सो वरावरको क्षति भएको प्रहरीले जनाएको छ ।

आइतवार दिउँसो १ः३० वजे भएको आगलागीबाट खड्काको घरमा रहेको नगद २० हजार, १ तोला, सुन, चादी भाडा वर्तन, अन्नपात, तलाकपडा लगाएत सम्पुर्ण सामग्री जलेर नश्ट भएको प्रहरीले जनाएको छ । घरमा लागेको आगो नियन्त्रणमा आएको भए पनि वनमा लागेको आगो भने अझै नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगलागीबाट कुनै पनि मानविय क्षति नभएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार