भोजपुर र खोटाङ जिल्ला वीच सिमा सुरक्षा वैठक, यस्तो वन्यो रणनिती…


भोजपुर, २० कात्तिक 
आसन्न मंसीर १० मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै भोजपुर र खोटाङ जिल्लाका सुरक्षा समितिको अन्तर सीमाना बैठक सम्पन्न भएको छ । भोजपुर र खोटाङ्गको सिमानामा रहेको चखेवा भञ्याङ्गमा दुवै जिल्ला अधिकारीहरु विच छलफल भएको हो ।

बैठकले निर्वाचनको बेला दुई जिल्ला बिच अन्तर जिल्ला समन्वय गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र शान्तीपुर्ण वातावरणमा सम्पन्न गर्नका लागि विषेश सुरक्षा रणनिती बनाएर अगाडि बढ्ने निर्णय गरेको छ ।

निर्वाचनको वेला सिमाको कारण हुन सक्ने सुरक्षा चनौतीलाई ध्यानमा राख्दै दुवै जिल्लाका प्रमुख विच छलफल गरि सुरक्षा रणनिति तयार गरिएको भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी चेतराज वरालले जानकारी दिए ।

त्यस्तै मंसीर १० गते निर्वाचनको दिन विहान ७ बजे देखि बेलुका ५ बजे सम्म दुई वटै जिल्ला बाट सवारी साधन, पैदल यात्रुलाई आवात जावतमा रोक लगाइने निर्णय गरीएको भोजपुरका अनुसन्धान अधिकृत नारायण आर्चायले जानकारी दिए ।

बैठकमा भोजपुर जिल्लाको तर्फबाट मुख्य निर्वाचन अधिकृत हरीस चन्द्र इङनाम, प्रमुख जिल्ला अधिकारी चेतराज बराल, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारु, रणबम गण गणपति प्रविन राज घीमीरे, शसस्त्र प्रहरी बल टक्सार गुल्मका प्रमुख सुर्य प्रसाद तीमल्सीना, त्यस्तै खोटाङ जिल्लाबाट प्रमुख जिल्ला अधिकारी एकदेव अधीकारी, प्रमुख सेनानी डम्बर बहादुर आले मगर, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक लोक दर्शन थापा, सशत्र प्रहरी प्रमुख धन बहादुर बानीया र अनुसन्धान अधिकृत नित्यानन्द ढुङगानाको लगाएतको उपस्थितिमा फलफल गरिएको हो ।

छलफलले निर्वाचनको वेला दुवै जिल्ला विच सुरक्षामा समन्वय गरेर निर्वाचन सफल रुपमा सम्पन्न गर्न सहमती समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार