जन कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक साधारण सभा सम्पन्न


असाेज,२० इटहरी । इटहरीमा मुख्य कार्यलय रहेको जन कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक साधारण सभा एक कार्यक्रमको आयोजना गरि इटहरीको दुर्गापार्टी प्यालेसमा सम्पन्न भएको छ ।

सहकारी शाखा इटहरी उपमानगरपालिकाका शाखा प्रमुख बाल कुमार पोखरेलको आतिथ्यमा २४ औं साधारण सभा मनाएको हो । सहकारीका अध्यक्ष जगत नाथ फुयालको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट ऋणी काजोल सुवेदी, उत्कृष्ट बचतकर्ता सम्झना थापा भण्डारी, उत्कृष्ट कर्मचारी याम बहादुर प्रधान, निरा फुयाललाई सम्मान गरेको छ । कार्यक्रममा अडिटर दुर्गा प्रसाद पोखरेल, जनजाति महासङ्का पूर्व अध्ययक्ष कर्ण विक्रम लिम्बु, नेकपा एमाले इटहरीनगर अध्यक्ष यम कुमार सुब्बा, वरिष्ठ सल्लाकार मनोज कार्की याम बहादुर प्रधान लगायतका अतिथिहरूले सहकारीका विषयमा चर्चा  गर्नु भयो । जन कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको हाल सम्म कुल सेयर पुंजी दुई करोड २२ लाख ९९ हजार रहेको छ भने कुल निक्षेप २ करोड ५४ लाख ६१ हजार ८ सय ९९ रहेको छ भने कुल लगानी जम्मा ४ करोड ७४ लाख ९७ हजार ७५ रुपया रहेको छ
आर्थिक वर्ष २०७९÷८० को वास्तविक कुल आम्दानी ८४ लाख २२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको साधारण सभामा सदस्यलाई जानकारी गराइएको थियो । अघिल्लो आर्थिक बर्षमा सहकारीले ८२ लाख ८६ हजार बराबरको संचालन आम्दानी गरेको थियो । संस्थाले आगामी आर्थिक वर्ष .२०८०÷८१का लागि ९९ लाख २० हजार आम्दानी गर्ने लक्ष्य राखेको छ ।कार्यक्रमको सञ्चालन सो सहकारीकी उपाध्यक्ष लक्ष्मी थेवेले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार