भोजपुरमा विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइयो


भोजपुर, २२ जेठ । भोजपुरमा विश्व वातावरण दिवश विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । ‘ प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवश मनाईएको हो । दिवसको अवसरमा भोजपुरमा भएको कार्यक्रमका सहभागिले वातावरणको संरक्षणमा भूमिका खेल्नु पर्ने आवश्यकता रहेको बताएका छन् । दिवसको अवसरमा डिभिजन वन कार्यालयले बृक्षरोपन तथा हाजिरी जबाफ कार्यक्रमको आयोजना गरेको छ ।  दिवसको अवसरमा विद्योदय माध्यमिक विद्यालय परिसरमा बृक्षरोपन गरिएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विरेन्द्र साहले जानकारी दिए । सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउन सवैले भुमिका खेल्न आवश्यक रहेको प्रमुख साहको भनाई छ ।

विकास निर्माणका गतिविधि सञ्चालन गर्दा विषेश गरेर वातावरणको संरक्ष्णमा ध्यान दिनु पर्ने जनाइएको छ । प्लाष्टिक जन्य सामग्रीको प्रयोगले वातावरणमा प्रत्यक्ष असर पुग्ने भएकोले यसको न्यूनिकरणमा जोड दिनु पर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको भनाई छ ।

बढ्दो वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र नभएर सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको जिल्ला समन्वय समिति भोजपुरले जनाएको छ । विकास निर्माणलाई वातावरणमैत्री बनाउन आवश्यक भएकाले स्वच्छ वातावरण निर्माण सवै एक जुट हुन आवाश्यक रहेको  जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले बताए ।


वातावरणको संरक्षणको लागि वन क्षेत्रको विकासमा ध्यान दिनु पर्ने सहभागिहरुले बताएका छन् । वर्षेनी  रोपिएका विरुवाहरुको संरक्षणमा ध्यान नपुगेको नागरिक समाज भोजपुरले जनाएको छ । बोट विरुवाको संरक्षणमा ध्यान दिनु पर्ने नागरिक समाज भोजपुरका संयोजक प्रशुराम तिवारीको भनाई छ ।


५१ औं विश्व वातावरण दिवसको अवसरमा जिल्ला स्थित सरकारी कार्यालय तथा संघ संस्थाको उपस्थिति वृक्षरोपन गरिएको छ । दिवसको अवसरमा माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितासमेत गराइएको छ । प्रतियोगितामा पाँच ओटा विद्यालयले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार