भोजपुरको च्याङगे्रलाई सरसफाई उन्मुख वडा घोषणा


भोजपुर २९ पौष । भोजपुरको पूर्वी पौवादुम्मा गाउँपालिका वडा नं ३ च्याङगे्रलाई शनिबार सरसफाई उन्मुख वडा घोषणा गरीएको छ । वडाका करीब ५ सय ५० घरधुरीले सरसफाईका सबै सुचक पुरा गरेकोले सरसफाई उन्मुख वडा घाोषणा गरीएको हो ।
वडा अध्यक्ष तीर्थ कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पौवादुम्मा गाउँपालिकाका अध्यक्ष कीरण राई रहेका थिए । कार्यक्रममा गाउपालिका जनप्रतिनिधी, स्थानिय बासी, शिक्षक, विद्यार्थी लगाएतको उपश्थीती रहेको थियो । वडालाई सरसफाई युक्त वडा वनाउन फन्टवोर्डले सरसफाई सम्वन्धी कार्य गरेको हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार