भोजपुर– दिंला वस सेवा सञ्चालन हुँदै, यस्तो छ, भाडा दरसंगै, वस छुट्ने समय !


भोजपुर, १८ पौष ।

भोजपुर– दिंला वस सेवा सञ्चालनमा आउने भएको छ । सरोकारवाला निकायहरु विच मंलवार भएको छलफलले वुधवार(भोली)बाट वस सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

भोजपुरबाट दिंला वजार सम्मको तीन सय २५ र दिंलाबाट सतीघाटको लागि एक सय २० भाडा निर्धारण गरिएको संयुक्त वुकिङ्ग इन्चार्ज महेश राईले जानकारी दिए ।

इन्चार्ज राईका अनुसार दैनिक ४ ओटा वस सञ्चालनमा आउने छन्,भने वस भोजपुर र दिंला दुवै ठाउबाट विहान ७ः ३० वजे र दिउसो २ः ३० वजे छुट्ने छन् । भोजपुबाट दिंला सम्मको दुरी ३९ किलो मिटर छ, भने दिंलाबाट सतीघाट सम्मको दुरी ११ किलो मिटर रहेको छ । यस अघि दिंला– भोजपुर सडक खण्डमा ट्याक्सी मात्र सञ्चालनमा आउने गरेका थिए ।

ट्याक्सीको तुलनामा वसको भाडा सस्तो हुने भएकोले यात्रुहरुलाई राहत मिल्ने वस व्यावसायीहरुको भनाई छ । सो क्षेत्रमा ट्याक्सीमा यात्रा गर्दा यात्रुहरुले ५ सय रुपैया भाडा तिर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार