नेकपा भोजपुरले दुई करोडको कार्यकर्ता ‘संरक्षण अक्षय कोष स्थापना गर्ने’, १५ विभागको जिम्मेवारी बाँडफाँड


भोजपुर, ११ असोज ।
नेपाल कम्यूनिष्ट पार्टी ‘नेकपा’ भोजपुरले पहिलो सचिवालय वैठकको निर्णय सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा शनिबार पत्रकार सम्मलेन गरि दुई दिन सम्म सञ्चालन भएको वैठकले पारित गरेको निर्णय सार्वजनिक गरेको हो । वैठकले निर्वाचन क्षेत्र, नगरपालिका तथा गाउँपालिकाका सह इन्चार्ज र विभिन्न १७ विभाग मध्ये १५ ओटा विभाग गठन गरेको जानकारी दिइएको छ ।

निर्वाचन क्षेत्र कमिटि तर्फ क्षेत्र नं ‘क’ को संयोजकको जिम्मेवारी दौलत कुलुङलाई दिएको छ, भने सचिवको जिम्मा डिल्लीराम अधिकारीलाई दिएको पार्टीले जनाएको छ । त्यस्तै क्षेत्र नं ‘ख’ संयोजकको  जिम्मेवारी टिकाराम प्रधानलाई र सचिवको जिम्मेवारी चन्द्रमा राईलाई दिइएको जनाइएको छ । त्यस्तै नगर तथा गाउँपालिका सहइन्चार्ज तर्फ अरुण गाउँपालिका बन्विन्द्र रसाइली, पौवाुदङमा गाउँपालिका सम्झना राई, रामप्रसादराई गाउँपालिका सुर्य वहादुर राई, आमचोक गाउँपालिका बहादुर राई, हतुवागढी गाउँपालिका राजेन्द्र राई, त्यस्तै भोजपुर नगरपालिकाको जिम्मेवारी धर्म किरातीलाई दिएको पार्टीले जनाएको छ । त्यस्तै वैठकले दुई करोडको कार्यकर्ता संरक्षण कोष निर्माण गर्ने निर्णय पनि गरेको जनाएको छ । जसको संयोजकमा भोजपुर इन्चार्ज सुदन किराती, सहसंयोजक भोजपुर सहइन्चार्ज हरिवहादुर राई सहित १३ सदस्य कमिटि निर्माण भएको पार्टीले जारी गरेको प्रेश नोटमा उल्लेख छ ।

त्यस्तै विभागहरु तर्फ स्कुल/ प्रतिष्ठान विभागको प्रमुखमा देविराम चौलागाई, संगठन विभाग प्रमुखमा शरण कुमार राई, उद्योग वाणिज्य वन तथा पर्यटन विभाग प्रमुखमा नगेन्द्र बहादुर भुजेल, जनसंगठन/ मोर्चा विभाग प्रमुखमा राजकुमार दंगाल,कृषि सहकारी तथा गरिवीनिवारण संगठन प्रमुखमा विरजंग राई, युवा तथा खेलकुद प्रमुखमा सुरेन्द्र राई, शिक्षा तथा मावन श्रोतप्रमुखमा ध्रुवराज राईलाई जिम्मेवारी दिईएको छ । त्यस्तै साहित्य कला तथा संस्कृति विभाग प्रमुखमा इन्द्रवती राई, न्याय प्रशासन तथा मानव अधिकार विभाग प्रमुखमा अनिशा खड्का, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा मक्कर खड्का, स्थानिय तह विभाग प्रमुखमा सविना राई, कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुखमा सृजना राई , भौतिक पूर्वाधार विभाग प्रमुखमा, राजकुमार तामाङ, सुशासन तथा उपभोक्ताहित विभाग प्रमुखको जिम्मा किरण राई सम्पाङलाई दिएको छ ।
त्यस्तै गरि पार्टीको निर्णय विधि र पार्टीको अनुसासन उलङघन गरेको भन्दै भोजपुर नगरपालिका १२ टक्सारका वडा अध्यक्ष कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्वन गरेको छ, भने राज कुमार दंगालको नेतृतवमा तीन सदस्य छानविन कमिटि गठन गरेको पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार