
सर्लाही, ८ भाद्र । सर्लाहीको ईश्वपुर नगरपालिकामा घरेलु हिंसामा परेकी एक महिलाको उद्धार गरिएको छ । वडा नम्बर १ स्थित पोखरिया टोलमा बस्ने नुरजहाँ खातुन नाम गरेकी २२ वर्सिय महिलाको उद्धार गरिएको हो ।
विगत ११ दिनदेखि आफ्नै घरमा बन्धक बनाइएकी नुरजहाँको मानवअधिकारकर्मीको टोलीले उद्धार गरेको हो । सासुससुरा र पतिले दिनहुँ गाली गर्ने, कुटपिट गर्नुको साथै केही दिनदेखि नियमित खाना दिन छाडेका थिए ।घरमा दिएको यातना माइतीलाई नसुनाओस् भनेर मोबाइल समेत श्रीमानले खोसेका थिए । ‘पटक निर्घात कुट्दै बेहोस भएपछि अरुले थाहा नपाउनेगरि गाउँकै निजि अस्पतालमा लैजान्थे ।’ उनले भनिन् ।पीडित महिलाकी पति रिजवान अंसारीको बिहे अघि अर्कै केटीसंग प्रेम सम्बन्ध थियो तर, परिवारको दबावका कारण हरिपुर्वा नगरपालिका वाड न।९ बस्तपुर निवासी जुमराती अंसारीको छोरी नुरजहाँ खातुन संग साढे तीन वर्ष अघि मुस्लिम परम्परा अनुसार बिहे गरेका थिए ।बिहेपछि पनि रिजवानले पुर्वप्रेमीका सँग अनैतिक सम्वन्ध कायम राखे भने बिहे भएको केही दिनमै श्रीमतिलाई यातना दिन थाले ।
पीडित महिलाका अनुसार रिजवानले दिनभरी पूर्वप्रेमिकासंग कुरा गर्थे भने घरमा श्रीमतिलाई ‘तँ मेरो लायक छैनस भनेर धम्क्याउथे ।’ तर पीडित महिलाले श्रीमान र परिवारको इज्जत बचाउन भन्दै पिडा लुकाएर राखिन् । उनले धेरै महिनासम्म आफुले भोगेको पीडा माइतीलाई सुनाइनन् ।






















