ट्रकको ठक्करबाट ४ बर्षीय बालकको मृत्यु


संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका-३ का धनराम अधिकारीको ४ बर्षीय छोरा आदित्य अधिकारीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । आज बिहानको समयमा कोशी राजमार्ग अन्तरगत टुटेदेउरालीबाट खाँदवारी तर्फ जाँदै गरेको ना ४ ख २९०० नम्बरको ट्रकले ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार