
भोजपुर, १४ साउन ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -२ छिनामखुमा एक महिला मृत फेला परेकी छिन् । खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर १ फेदि बस्ने ४५ वर्षीय डम्बर गुरुङकी ४९ वर्षीय श्रीमती भइमाया राई छिनामखु घोत्रे जंगलको पाटिडाँडामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ ।
केहि समय अगाडिबाट बेपत्ता राईलाई खोजतलास गर्ने क्रममा स्थानीयले धोत्रेको पाटिडाँडामा आइतबार फेला पारेका थिए । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको छ । भइमायाको के कारणले मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भैसीपंखामा आगलागी -भोजपुर नगरपालिका १० भैसीपंखामा सोलारको तार सर्ट भएर आगलागी हुँदा १ लाख बढिको क्षती भएको छ । स्थानीय शेर बहादुर राईको घरमा सोलारको तार सर्ट भएर सोमबार दिउँसो आग्लागी हुँदा टीनको छानो भएको २ तले घरको माथिल्लो कोठामा रहेको ३ वटा एलसिडी,
नगद एक लाख १४ हजार ७ सय र लत्ताकपडा जल्दा एक लाख ५० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।






















