संखुवासभा सदरमुकाम नै पहिरोको उच्च जोखिममा


संखुवासभा । अविरल बर्षासँगै आएको पहिरोले खाँदबारी नगरपालिका ३ मानेभञ्याङका ५ घर विस्थापित भएका छन् । पहिरोले घर भत्किन थालेपछि विस्थापित परिवारलाई महेन्द्र माध्यमिक विद्यालयको भवनमा सारिएको छ ।

पहिरोबाट टेक बहादुर विक, कमल तामाङ, कमल घिमिरे, मनबहादुर तामाङ र गंगा शाक्यको घर विस्थापित भएका हुन् । जथाभावी सडक विस्तारले मानेभञ्याङ बजार नै उच्च जोखिममा परेको हो । बजार नजिकको दायाँ पट्टी उत्तर दक्षिण कोशी सडक छ भने बाँया पट्टी खाँदबारी २ जोड्ने चेवाबेशी जाने सडकले मुख्य बजारलाई दुबै क्षेत्रबाट पहिरोले तान्न थालेको वडा नम्बर ३ का कार्यवाहक अधयक्ष नरेन्द्र गुरुङले जानकारी दिए।

यस बजार क्षेत्रमा ५० भन्दा बढी घर उच्च जोखिममा परेका छन् । पहिरोका कारण खाँदबारी ३ नयाँ बजारमा रहेका अस्थायी प्रहरीचौकी र महेन्द्र माध्यमिक विद्यालयको भवन समेत जोखिममा परेका छन्। खाँदबारी नगरपालिकाभित्र कति घर विस्थापित भए भन्ने तथ्याङक संकलन भइरहेको खाँदबारी नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार