सर्लाहीका सरोजनारायणका परिवारलाई १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय


काठमाण्डौ, २६ असार । सरकारले प्रहरीसँगको झडपमा परेर ज्यान गुमाएका सर्लाहीका सरोजनारायण सिंंहको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंंहको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

मन्त्रिपरिषदको निर्णयबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले घटनामा घाइते भएकाहरुको उपचारको व्यवस्था पनि सरकारले गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार