ढलको निकास थुनिँदा बस्ती डुबानमा


नेपालगन्ज, २४ असार । ढल तथा नालाको निकास थुनिँदा नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न वडा मंगलबार डुबानमा परेका छन्। ढलको निकास थुनिएर बस्तीमा पस्दा नेपालगन्ज–१० स्थित

जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ।न्युरोड हुँदै बागेश्वरी मन्दिर भएर बग्ने र सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य ढलको निकास थुनिँदा बस्ती डुबानमा परेको हो। उक्त ढल उपमहानगरपालिकाले एकीकृत सहरी विकास आयोजनामार्फत् एसियाली विकास बैंकको ऋणरअनुदान सहयोगमा दुई वर्षअघि निर्माण गरेको थियो।

ठेकेदारले अधुरो छाडेको उक्त नालामा झारपात उम्रिएर निकास थुनेपछि पानी बग्न नपाएर बस्ती डुबान गरेको स्थानीय शंकर ठकुरीले बताए। ‘नालामा उम्रेको झारपातले बग्ने पानी जाम गरेको छ,’ उनले भने। उक्त नाला घुमाउँरो हिसाबले बनेको छ। नालाको अगाडितिर निकास थुनिँदा घुमेर बग्न नसकेको पानी बस्तीतिर छिरेको हुन सक्ने स्थानीयको अनुमान छ। नाला निर्माणका क्रममा उपमहानगरपालिकाले ध्यान नपु(याउँदा अहिले समस्या बल्झिएको उनीहरुले बताएका छन्।

थुनिएको नालाको निकास खोल्न उपमहानगरपालिका कार्यालयमा फोन गरेर एक्साभेटर पठाइदिन आग्रह गर्दा जनप्रतिनिधि र कर्मचारीले महŒव नदिएको स्थानीयको गुनासो छ। बस्तीमा पानी जलाम्य भएपछि बालबालिका र वृद्धवृद्धा डुब्ने जोखिम बढेको अर्का स्थानीय गगन थापाले बताए। ‘ढलको पानी बस्तीमा छिरेर पूरै जलाम्य भएको छ, जताततै पानी हुँदा हिँडडुल गर्नै समस्या छ, खास गरी बालबालिका र वृद्धवृद्धा डुब्ने जोखिम छ,’ थापाले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार