
भोजपुर, १७ असार ।
भोजपुरको रामप्रसादराई गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । वडा नम्वर ५ डढुवाको भित्र सडक खण्डमा मंगलबार भोजपुर सदरमुकामबाट विद्युतको पोल लिएर घोडेटार तर्फ जादै गरेको को २ त ८८६६ नम्वरको
ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुर्घटना टेम्केमैयुङ गाउँपालिका ३ वस्ने चालक २४ वर्षीय मनोज बिसुन्खे घाइते भएको प्रहरीको भनाई छ ।घाइते मनोजको वाँया पटीको कान माथीको भागमा गहिरो चोट लागेको छ । उनको स्वास्थ्य चौकी मानेभञ्याङमा उपचार भइरहेकोले जनाएको छ । ट्याक्टर अनियन्त्रित भई सडकबाट २० मिटर तल झरेको प्रहरीको भनाई छ ।एक व्यक्ती पाँच दिनदेखि वेपत्ता भोजपुरमा एक व्यक्ती पाँच दिनदेखि वेपत्ता भएका छन् । भोजपुर नगरपालिका ९ व्रिटिस वायलफेर नजिकै घर भएका स्थानीय ५२ वर्षीय छविलाल तामाङ यहि असार १३ गतेबाट सम्पर्क विहिन भएको परिवारले जनाएको छ ।
घरबाट वेपत्ता भएका तामाङ अवस्था पत्ता नलागेपछि परिवारले खोजीका लागि अनुरोध गरेको छ । मानशिक सन्तुलन ठिक नभएका तामाङले दैरा सुरुवाल ढाका टोपी लगाएको,बर्ण रातो रहेको परिवारले जनाएको छ । कसैले देखे वा भेटेमा नजिकको प्रहरी कार्यालय वा गजेन्द्र तामाङलाई ९८४२२११७९८ मा खवर गरिदिन परिवारले सवैमा आग्रह गरेको छ ।






















