रामप्रसादराई गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न (यस्तो छ, प्राथमिकता )


भोजपुर, ११ असार ।
रामप्रसादराई गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न भएको छ । कृषि, विद्युत, पर्यटन तथा सडक विस्तार यसैमा छ रामप्रसाद राई गाउँपालिकाको विकास र समृदिको आधार भन्ने मुल नाराका साथमा सभा गरिएको हो । सभाले आगामी वर्षको लागि ३६ करोड ८ लाख ७० हजार वरावरको बजेट सिलिङ प्रस्तुत गरेको गाउँपालिकाका योजना साखा प्रमुख ज्ञानराज भटट्राईले जाननकारी दिए ।

सभाले कृषि विद्युत, पर्यटन र सडकलाईं पहिलो प्राथमिकतामा राख्दै बजेटको बाडफाँड गरेको छ । त्यस्तै स्वास्थ्य, शिक्षा, लगाएतमा पनि गाउँपालिका बासीको पहुँच पुग्ने खालको योजना सञ्चालन गरिने गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिए ।

गाउँपालिकाको पानीको समस्या समाधानका लागि एक घरमा एक धारा पु¥याउने गरि काम गरिने अध्यक्ष राईको भनाई छ । सभामा  बजेट उपाध्यक्ष सम्झना राईले प्रस्तुत गरेकी थिइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार