
गुलरिया, २८ जेठ । जबरजस्ती करणीको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। बर्दिया प्रहरीले गुलरिया नगरपालिका(६ का २३ वर्षीय राजाबाबु हलुवाईलाई पक्राउ गरेको हो।
गुलरिया नगरपालिका( ७ बसपार्कस्थित एक होटलमा जबरजस्ती करणी गरी फरार रहेका हलुवाईलाई लुकीछिपी बसेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक मदन जीत महराले बताए ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।






















