रुपन्देहीमा घुससहित प्रहरी निरीक्षक पक्राउ


रुपन्देही, २४ जेठ । रुपन्देहीमा प्रहरी निरीक्षक घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इलाका प्रहरी कार्यालय रन्यौरा ९मुर्गिया ० मा कार्यरत प्रहरी निरीक्षक केशबबहादुर बस्नेतलाई १५ हजार घुससहित बिहीबार बेलुका पक्राउ गरेको हो ।

नदीजन्य पदार्थ बालुवा, गिटी उत्खनन् र ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक बस्नेत पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार