पाँचथरमा भिषण आगलागी


पाँचथर, २३ जेठ ।
पाँचथरमा भीषण आगलागी भएको छ ।सदरमुकाम फिदिमको राजबंशी होटलमा आगलागी भएको हो । अहिले प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।आगलागी के कारणले भएको हो भन्नेबारे खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ ।

मोटरसाइकल दुर्घटनामा मृत्यु

काठमाडौँ, २३ जेठ । काठमाडौँ महानगरपालिका–१० बिजुली बजारमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

साइकललाई ठक्कर दिएको बा४१प ५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरचालक ललितपुर महानगरपालिका–१२ घर भएका ३७ वर्षीय अम्मरराज ताम्राकारको एभरेष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटना आज बिहान ४ः३० बजे भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साइकल चालक फरार रहेकाले खोजी भइ रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने २१ वर्षीया नीमा लामालाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार