
भोजपुर, ३ जेठ । भोजपुर बजारस्थित पोखरे लाइनमा विहिबार भएको आगलागीका पिडीतहरुलाई शुक्रबार राहत रकम बाँडिएको छ ।
उद्योग वाणिज्य संघ भोजपुरको पहलमा भोजपुर बजार क्षेत्रमा दिउँसो संकलन गरेर जम्मा गरिएको १ लाख २६ हजार २ सय रकम आगलागीपीडित बखत श्रेष्ठ, उनको घरमा डेरा गरि बस्ने समेतलाई वाँडिएको संघका महासचिव नवीन प्रधानले बताए ।
संकलित रकममध्ये वखत श्रेष्ठलाई ५० प्रतिशतले हुन आउने ६३ हजार १ सय राहतस्वरुप प्रदान गरिएको छ । त्यस्तै डेरामा बस्ने र छिमेकी २ घरसमेत गरि १० जनालाई ६ हजार ३ सय १० का दरले राहत दिइएको छ ।
विहिबार दिउँसो बखत श्रेष्ठको घरमा डेरावालको कोठाबाट शुरु भएको आगोले ५२ लाखबढिको क्षती पुगेको थियो । आगो करिब ३ घण्टामा सुरक्षाकर्मी, स्थानीय र दमकलबाट नियन्त्रणमा आएको थियो ।






















