
धरान, ३० चैत । धरानबाट इटहरी आउदै गरेको कारले ट्राक्टरलाई वभरटेक गर्नेक्रममा दुर्घटना हुँदा कारमा सबार ३ जानको घटनास्थलमै मृत्यू भएको छ भने ७ जाना घाइते भएका छन् । सुक्रबार राती ११ः३० बजे धरान ८ स्थित सेउती पुलमा बा २० च ४०७६ नम्बरको कारले मे १ त ६६९२ नम्बरको ट्राक्टरलाई वभरटेक गर्नेक्रममा ट्याक्टरको चक्कमा ठोक्किदा ट्याक्टर अनियन्त्रीत भई नालिमा पल्टेको थियो भने कार उछिट्एिर इटहरीबाट धरान तर्फ जाँदै गरेको को १ ख ४७६१ नम्बरको मजदुर बोकेको बसमा ठोक्किन पुगेको प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मृत्यु हुनेमा इटहरी ४ का अनिल श्रेष्ठ, धनकुटाका जनक बुढाथोकी र मदन लिम्बु रहेका छन् भने घाइतेहरूमा ट्याक्टरमा सवार झापा चन्द्रगडी ६ का दिल कुमार राजवंशी, मोरङ रंगेली २ मा बिनोद कार्की, झापा भद्रपुर ८ का कृष्ण राजवंशी रहेका छन् भने बसमा सवार धरान १८ की चन्द्रा राई धरान ११ बस्ने बर्ष २२की प्रभा राई , धरान १७ की सुक्रीकला राई, सारदा राई र पबित्रा बिष्ट रहेका छन् ।
तस्तै कार चालक मोरङ सुनदरहरैचा ४ का गोबिन्द बस्नेतको अवस्था गम्भिर रहेको छ । बस्नेतको अवस्था गम्भिर भएपछी उनलाइ थप उपचारका लागि धरान वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट बिराटनगर स्थित न्यूरो अस्पताल लगिएको छ प्रहरीले जनाएको छ ।
पूर्वेली न्यूजबाट






















