
भोजपुर, ३० बैशाख । भोजपुरको दक्षिणी क्षेत्रमा रहेको रामप्रसादराई गाउँपालिका लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
गाउँपालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएपछि मंगलबार पालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । जन्मदेखि १५ महिनासम्मका बालबालिकाले सरकारले निःशुल्क उपलब्ध गराउने १३ प्रकारका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय भोजपुर ले जनाएको छ ।
घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष थाम बहादुर राई ले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम राख्ने प्रतिबद्धतासहित हस्ताक्षर गर्नुभएको थियो ।
भोजपुरका नौ स्थानीय तहमध्ये भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र हतुवागढी गाउँपालिका यसअघि नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भइसकेका छन् ।


















