रामप्रसादराई गाउँपालिकाको १८ औँ विशेष गाउँ सभाको दोश्रो वैठक सम्पन्न


भोजपुर १० पुस ।
भोजपुर । रामप्रसादराई गाउँपालिकाको १८ औँ गाउँ सभाको दोश्रो वैठक सम्पन्न भएको छ । “कृषि, पर्यटन र पूर्वाधार ः रामप्रसादराई गाउँपालिकाको समृद्धिको आधार” भन्ने मूल नारासहित बैठक आयोजना गरिएको हो।
गाउँसभाले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि श्रोत शुनिश्चितता गरेको छ । नागरिक आवास कार्यालयका लागि रु. एक करोड ५५ लाख पच्चिस हजार विनियोजन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आङ्लाक्पा शेर्पाले जानकारी दिनुभयो ।


पालिकाले केन्द्रीय सरकार अन्तर्गत सघन सहरी विकास कार्यक्रम मार्फत विनियोजन हुनुपर्ने बजेट हाल सम्म निकासा नभएपछि पालिका आफैंले स्रोत शुनिश्चित गरेको हो ।पालिकाले सुरक्षित नागरिक आवाश व्यवस्थित ऐन २०८२ निर्माण गरेर श्रोत शुनिश्चितता गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो ।
फुसको छानो हटाउने कार्यक्रममा पालिकाका ८७१ घरधुरी छनौट भएका थिए । जसमध्ये ७४२ घरधुरीले सम्झौता गरेकोमा ६०१ घरधुरीले जस्ता पाता फेरे पनि ३०१ घरधुरीले मात्र हाल सम्म भुक्तानी लिएका छन् ।
३०० घरधुरीले भुक्तानी लिन बाँकी छ भने १४१ घरधुरीले बजेट अभावका कारण छाना फेर्न सकेका छैनन् । भुक्तानी लिन बाँकी रहेको ३०० घरधुरी मध्ये २०७ घर धुरीका भुक्तानीका लागि एक करोड ५५ लाख २५ हजार बजेट सुनिश्चित गरिएको गाउँपालिकाले जनाएको छ । बेरुजु शुन्यमा झार्ने लक्ष्यका साथ आगामी दिनका कार्यक्रमलाई अघि बढाउने निर्णयसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार