
भोजपुर, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीद्वारा भोजपुरमा ¥यालीसहित जनसभा आयोजना गरिएको छ । विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित एमाले जिल्ला कमिटी भोजपुरले ¥याली सहित जनसभा गरेको हो ।
भोजपुरमा ¥याली सहित जिरो पाइन्ट–डाँडागाउँ–चारभञ्याङ–भोटपसल हुँदै भोजपुर नगरपालिकाको सभाहलमा कार्यक्रम गरिएको हो । एमाले पार्टी स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको नेतृत्वमा ¥याली गरिएको थियो ।
एमालेले संसद पुनस्र्थापनाको माग गर्दै वडा, पालिका हुँदै शनिबार जिल्लास्तरीय भेला आयोजना गरेको एमाले जिल्ला अध्यक्ष मक्कर खड्काले जानकारी दिनुभयो । अध्यक्ष खड्काले जिल्लाका सवै जनसंठगनलाई चुस्त दुरुस्तढंगले पार्टी काममा लाग्नसमेत आग्रह गर्नुभयो । जेनजी आन्दोलन पश्चातपछि गठिन सरकारले गरिरहेको बेचिथिको खबरदारीसँगै संसद पुनःस्थापनाको मागसहित भोजपुरमा पनि कार्यक्रम गरिएको अध्यक्ष खड्काको भनाइ छ ।
कार्यक्रममा बोल्दै एमाले नेता शेरधन राईले संविधान र लोकतन्त्रको रक्षाको लागि आज एमालेले देशभर जनसभाको आयोजना गरेको बताउनुभयो ।
उहाँले यहि अवस्थामा फागुन २१ गते घोषणा भएको मितिमा निर्वाचन हुन नसक्ने बताउँदै देशलाई अहिलेको अवस्थाबाट निकास दिन संसद पुनःस्थापना गरेर जेनजी सहितको सर्वपक्षिय सरकार आवश्यक रहेको धारणा राख्नुभयो ।
देशको विकास र समृद्धिका लागि एमालेको विकल्प नरहेको उहाँले बताउनुभयो । जेनजी पुस्ताले उठाएका भष्ट्रचार नियन्त्रणको मुद्धाको पक्षमा एमाले रहेको राईले बताउनुभयो । एमालेले हालको सरकारलाई २०४६ देखी यता मन्त्री सांसद भएका तथा राजनितिक नियुक्ती लिएका सवैको सम्पती विवरण छानविन गर्न माग गरेकोसमेत उहाँले बताउनुभयो । साथै उहाँले आफूबाट नै सम्पति विवरण छानविनको शुरु गर्न सरकारलाई चुनौती दिनुभयो ।
सरकारले जनतालाई सान्ती सुरक्षाको प्रत्याभूति दिन नसकेको उहाँको भनाइ छ । आन्दोलका क्रममा हजारौँ हतियार र कैदीहरु भागेको भएपनि हतियारको खोजी र कैदीलाई पुनः पक्राउ गर्न सरकारले ध्यान नदिएको उहाँले बतानउभयो ।
राष्ट्र, राष्ट्रियता र देशका उपलब्धीका लागि एमाले एक्लै मैदानमा निस्किएकाले सवै लोकतान्त्रिक शक्तीहरुलाई साथ दिन उहाँले आह्वान गर्नुभयो । भदौ २३ र २४ गते भएको विधंसको छानविनको लागि उच्च स्तरिय समिति गठन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै एमाले जिल्ला उपाध्यक्ष तथा पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले एमाले प्रति गाउँ–गाउँमा जनलहर रहेको बताउनुभयो । एमालेले देश र जनताको समृद्धिको पक्षमा काम गरिरहेको उहाँको भनाइ छ । हालको सरकारलाई खवरदारी गर्ने लक्ष्यले जनसभा गरिएको उहाँको भनाइ छ । जनसभामा एमालेका नौ वटै स्थानीय तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
















