
भोजपुर, २२ साउन । किरात राई यायोक्खाको ३८ औं स्थापना दिवस भोजपुरमा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशकी राज्य मन्त्री सिर्जना राई रहनुभएको थियो। उहाँले किरात राई समुदायको भाषा, संस्कृति, पहिचान र मौलिकताको संरक्षण तथा प्रवर्द्धनमा किरात राई यायोक्खाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
राज्यमन्त्री राईले वर्तमान राजनीतिक, सामाजिक परिवेशमा आफ्नो जातीय, भाषिक तथा सांस्कृतिक पहिचान जोगाउँदै राष्ट्रिय एकताको सन्देश फैलाउनु यायोक्खाको प्रमुख दायित्व भएको बताउनुभयो। “यायोक्खाको योगदानलाई आगामी पुस्तासमक्ष सार्न हामी सबै एकजुट हुनु जरुरी छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा राई समुदायका अगुवा, स्थानीय तहका जनप्रतिनिधीहरुऽ विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, युवायुवती तथा महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सांस्कृतिक झाँकी, भेषभूषा प्रदर्शनीजस्ता विविध आकर्षण समावेश गरिएका थिए।
यायोक्खाको यस वर्षको स्थापना दिवसले किरात राई समुदायभित्रको एकता, पहिचान र समर्पणलाई झनै सुदृढ बनाएको सहभागिहरूले बताएका छन्।
कार्यक्रम किरातराई यायोक्खा जिल्ला कार्यसमिती कार्यबाहक अध्यक्ष अनिता राईको अध्यक्षतामा सम्पनन् भएको हो । यसै अवसरमा राज्यमन्त्री राईले जिल्लामा निर्माण भईरहेको एलम्वर सभाहल तथा किरत संग्रहलयको स्थतलगतरुपमा अनुगमन समेत गर्नु भएको छ ।

















