
भोजपुर, ३० चैत ।
भोजपरको पर्यटकीय क्षेत्र चखेवामा भारतीय पर्यटकलाई भएको कुटपिट घटनाको विषयमा टेम्कमैयङ ४ नागीका वडाध्यक्ष हर्कराज राईले माफी माग्नु भएको छ । आफ्नो वडामा भएको उक्त घटनाप्रति उहाँले माफी माग्नु भएको हो ।
घटनामा सम्लग्नहरुलाई कारवाहरीको दायरामा ल्याएर पयर्टकको सुरक्षाको लागि वडा प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
“चखेवामा भारतिय पर्यटक माथी कुटपीट भएको घटनाले हामीलाई दुखित बनाएको छ” वडाध्यक्ष राईले भन्नुभयो,“उक्त घटनाप्रति म माफी माग्छु । उक्त घटनाले मुन्दुम क्षेत्रको विषयमा गलत सन्देश गएको छ । दोषीलाई कारबाहीको दायरामा ल्याउन वडाले भूमिका खेल्ने छ । पर्यटकको सुरक्षाको लागि हामी प्रतिवद्ध छौँ ।”
















