
भोजपुर, १ चैत ।
नेपाल बुद्धिजीवी परिषद् भोजपुरको अध्यक्षमा उत्तम सिंह राई निर्वाचित हुनु भएको छ । परिषद्को चौथो जिल्ला अधिवेशनबाट राई सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
अधिवेशनबाट परिषद्को उपाध्यक्षमा रिन्जु शेर्पा, सचिव सिरज शर्मा लुईटेल,उपसचिवहरुमा मिना तामाङ, सन्तोष राई र कोषाध्यक्षमा कटक बहादुर विष्ट सहित १७ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन भएको हो । नेपाल बुद्धिजीवी परिषद्का केन्द्रिय कोषाध्यक्ष लाक्पा शेर्पाको प्रमुख आथित्यितामा तथा एमाले जिल्ला अध्यक्ष मक्कर खड्काको विषेश आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।