
भोजपुर, २६ फागुन ।
सिद्धेश्वर माध्यमिक विद्यालयको ७७ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । नेपाल सरकारका उप प्रधान मन्त्री प्रकाशमान सिंहको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै उहाँले अहिलेको सरकारले विकास र नेपाली जनताको समृद्धिको पक्षमा काम गरिरहेको बताउनुभयो । सरकारले स्पष्ट खाका तयार गरेर विकासका गतिविधिलाई अघि बढाएको उहाँको भनाइ छ
त्यस्तै नेपाली काङ्ग्रेसका जिल्ला सभापति, कोशी प्रदेश सभा सदस्य तथा अर्थ समिति संयोजक विनोद वान्ताताले विकसित र चेनतशिल समाज निर्माणका लागि शिक्षा क्षेत्रको विकासमा राज्यले विषेश ध्यान दिन आवश्यक रहेको बताउनुभयो । गुणस्तरिय शिक्षाका लागि शिक्षकहरुलाइ तालिम तथा क्षमता अभिबृद्धिको कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सभापति वान्तावाको भनाइ छ ।
सोहि कार्यक्रममार्फत भोजपुरकाे रामप्रसादराई गाउँपालिका ४ दलगाउँका समाजसेवी जुद्धप्रसाद सुवेदी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नु भएको छ । विद्यालयको बार्षिक उत्सवको अवसरमा सुवेदीलाई नेता सिंहले पार्टीमा स्वागत गर्नु भएको हो ।
वार्षिक उत्सव कार्यक्रममा नेपाली काँग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ, नेपाली काङ्ग्रेसका भोजपुर जिल्ला सभापति, कोशी प्रदेशसभा सदस्य तथा अर्थसमिति संयोजक विनोद बान्तवा, पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला विभिन्न स्थानीय तहका जनप्रतिनिधि, शिक्षक अभिभावक, विद्यार्थी, स्थानीयलगायत सहभागीता रहेको थियो ।