
भोजपुर,२५ फागुन ।
प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल(पिन)को तेस्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट फडिन्द्र निरौलाको अध्यक्षतामा ११ सदस्य कार्य समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा संजय झा, सचिव बुद्धिनाथ तिम्सिना, सहसचिव सन्तोष राई, कोषाध्यक्ष महेश भण्डारीसहित ११ सदस्य कार्य समिति चयन गरिएको हो ।
पिन कोशी प्रदेशका अध्यक्ष प्रदिप नेपालको अध्यक्षतामा शनिबार विराटनगरमा सम्पन्न अधिवेशनको प्रमुख अथिति नेकपा(एमाले) केन्द्रीय उपाध्यक्ष गुरु बराल र विशेष अथिति एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई रहनु भएको थियो