
भोजपुर, ११ फागुन ।
ताप्लेजुङमा जवरजस्ती रुपमा केवलकार निर्माण गर्न लागिएको भन्दै १ नं. प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गरेको छ । मुक्कुलुङ क्षेत्रमा स्थानीयको असहमती विच राज्यले जबरजस्ती केबलकार निर्माण गरि रहेको भन्दै समितिले विज्ञप्ती जारी गरेको हो ।
संघर्ष समितिका संयोजक विदुर राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ: प्रदेश नं. १ ताप्लेजुङ जिल्लाको मुक्कुलुङ क्षेत्रमा स्थानीयको असहमती विच राज्यले जबरजस्तीकेबलकार निर्माण गरि रहेको सर्वविदितै छ । उक्त केबलकार निर्माणको विरूद्ध आफ्नो विचार राख्ने र शाति पूर्ण ढंगले आन्दोलन गरि रहेको नागारिकहरू माथि राज्यले अमानवीय र निर्मम ढंगले धडपकट गर्नु देखि निहत्था नागरिक माथि गोलि प्रहार गरी घाइते बनाई राज्यले एकतर्फी युद्ध घोषणा गरेको महशुस भएको छ ।
हिजो बेलुकी देखि आज विहान सम्म रातविरात सुरक्षाकर्मीहरू आन्दोलनरत नागरिकहरूको घर घर पसेर कुटपिट गरी घाइते बनाई नियन्त्रण लिने जस्तो अमानवीय व्यवहार प्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ । राज्यद्वारा गरिएको उक्त निज कार्यको घोर भत्र्सना गर्दै यस्तो किसिमको राज्य आतंक तु बन्द गर्न अग्रह गर्दछौं । यस किसिमको निन्दनिय कु कार्य राज्यले नसच्याए त्यसबाट हुन जाने सम्पूर्ण परिणामको जवाफदेही राज्य स्वयम हुनेछ । आन्दोलनमा घाइते भएका योद्धाहरूको निःशुल्क उपचार र सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको योद्धाहरूलाई निशर्त रिहा र बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था तुरून्त सार्वजानिक गरियोस् । अन्तमा यो सम्पूर्ण घटनाको विजारोपन जबरजस्त केबलकार निर्माण कार्य भएको हुनाले तुरून्त केबलकार खारेजीको माग गर्दछौं ।